फेरि घटयो सुनको मुल्य

NAWALPUR TIMES

फेरि घटयो सुनको मुल्य
IMG 0992

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा १२ सय रुपैयाँ प्रतितोलाले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १२ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएर छापावाल सुनको ९७ हजार २ सय रुपैयाँ प्रतितोला कायम भएको हो ।

यसअघ मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य बुधबार ९६ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य ३० रुपैयाँले घट्दै १३ सय ६५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology