फुलपातीको दिन नवलपुरका शक्ति पिठहरुमा भक्तजनको घुइँचो

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज १६ गते १४:३०
फुलपातीको दिन नवलपुरका शक्ति पिठहरुमा भक्तजनको घुइँचो
received 619758553124374

कावासोती । नेपालीहरुको महान चाड बडा दसैं सुरु भए सँगै नवलपुरका शक्ति पिठहरुमा भक्तजनको भिड लाग्ने गरेको छ ।

नवरात्रीको सातौं अर्थात फुलपातीको दिन आज जिल्लाका दाउन्नेदेवी, मौलाकाली, महाराजा मन्दिर लगाएतका शक्ति पिठहरुमा पुजापाठका लागि अरु दिनहरु भन्दा धेरै भक्तजनहरु आएका छ्न ।

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । दाउन्ने देवि, मौलाकालीका, महाराजा थान लगाएतका मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छ्न ।

जिल्लाको गैंडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिरमा अरु दिन भन्दा आज फुलपातीको दिन धेरै भक्तजन आएका धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनु भयो । मन्दिरमा फुलपातीको अघिल्लो दिन शनिबार करिब ६ हजार भक्तजन पुजापाठ गर्न आएका मा आज फुलपातीको दिन साँझ सम्ममा ८ हजार बढी भक्तजन आउने अनुमान गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।

त्यस्तै गरि सधै जसो भक्तजनहरु आउने गरेका जिल्लाको दाउन्नेदेवि मन्दिरमा आज फुलपातीको दिन भक्तजनहरु उल्लेख्य रुपमा बढेका मन्दिर रहेको स्थानिय तह विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । दैनिकरुपका भक्तजनहरु पुजापाठ हुने दाउन्ने मन्दिरमा बडा दसैं सुरु भए सँगै दर्शन गर्न आउने भक्तजनहरु बढेका उहाँले बताउनु भयो । उहाँका अनुसार घटस्थापना देखि भक्तजनहरु सामान्य अवस्थामा भन्दा धेरै आउने गरेका र फुलपातीको दिनमा पुजापाठ गर्न आउनेको भिड थामी नसक्नु रहेको हो । फुलपातीको दिनमा मन्दिरमा तीन हजार धेरै भक्तजनले पुजापाठ गर्ने अनुमान गरिएको गिरी बताउनु हुन्छ ।

त्यस्तै जिल्लाका अन्य शक्तिपिठहरु तथा देवि मन्दिरमा पुजापाठका लागी आउने भक्तजनहरु अरु दिन भन्दा फुलपातीको दिन बढेका हुन । फुलपाती, महाअष्टमी र महानवमीमा भक्तजनहरुको संख्या अझै बढने मौलाकालिका मन्दिरका अध्यक्ष सापकोटाले बताउनु भयो ।

नवरात्रीको अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । नवरात्रीमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेषरुपमा पूजा आराधना गर्ने गरिन्छ । नौ दिनसम्म विशेष साधना गरेर देवि भगवतीको पुजा गर्नले मनले चिताएको पुग्ने, धार्मिक विश्वास छ ।

दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाउने गरिन्छ ।

प्रकाशित : २०७९ असोज १६ गते १४:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI