फर्किएर हेर्दा नवलपुरका स्थानीय तहको निर्वाचन : कस्तो थियो नतिजा ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २ गते १५:३०
फर्किएर हेर्दा नवलपुरका स्थानीय तहको निर्वाचन :  कस्तो थियो नतिजा ?
nawalpur 1

नवलपुर ।आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारले निर्णय सँगै राजनीतिक जोड घटाउ सुरु हुन थालेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीको ५ वर्षे कार्यकाल सकिएर नयाँ जन प्रतिनिधी चयन हुने भएकाले पनि सबैको ध्यान त्यता मोडिएको हो ।

२०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८ वटा स्थानीय तह रहेको नवलपुरमा २ वटा नगरपालिकाको प्रमुख र ४ वटा गाउँपालीकाको अध्यक्षमा नेपाली कांग्रेसले र २ वटा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले जितेको थियो भने नेकपा माओवादी केन्द्रले स्थानीय तहको प्रमुख र उपप्रमुखमा खाता समेत खोल्न सकेको थिएन ।

कांग्रेसले देवचुली नगरपालीका, मध्यविन्दु नगरपालिका, बुलिगंटार, हुप्सेकोट, बौदीकाली र विनयी त्रिवेणी गाउँपालिकाको नेतृत्वमा बाजी मारेको थियो भने एमालेले गैडाकोट र कावासेती नगरपालीकाको नेतृत्वमा जित निकालेको थियो । बुलिगंटार, बौदीकाली र विनयी त्रिवेणी गाउँपालीका र मध्यविन्दु नगरपालिकामा प्रमुख तथा उपप्रमुख जितेको कांग्रसले देवचुलीमा प्रमुख र गैडाकोटमा उपप्रमुख जितेको हो भने एमालेले कावासोती्मा प्रमुख र उपप्रमुख, गैडाकोटमा प्रमुख र हुप्सेकोटमा उपप्रमुख पदमा जित निकालेको थियो ।

जिल्लाको ८ वटै स्थानीय तहमा राजनीतिक दलले पाएको मत कस्तो थियो त्यस बारे यहाँ चर्चा गरिएको छ ।

गैंडाकोट नगरपालिका

गैंडाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका छत्रराज पौडेलले ११३०२ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका गजेन्द्र बहादुर आलेले ११०७८ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकी विष्णुकुमारी कंडेलले ११५५५ मत पाएर विजयी हुदाँ नेकपा एमालेकी राधा पौडेल १०४५६ मतका साथ उपविजेता बनेकी थिईन । १८ वडा रहेको गैंडाकोट नगरपालिकामा ९ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार ले जितेका थिए ।

देवचुली नगरपालिका

देवचुली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पुर्णकुमार श्रेष्ठले ८५७९ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका हरिप्रसाद न्यौपानेले ८५१० मत पाएका थिए भने उपप्रमुखमा नेकपा एमालेकी पार्वता तिवारीले ८७५१ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसकी लक्ष्मी बस्ताकोटी ८३९२ मतका साथ साथ उपविजेता बनेकी थिईन । १७ वडा रहेको देवचुली नगरपालिकामा १० वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ६ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ले जितेका थिए ।

कावासोती नगरपालिका

कावासोती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी चन्द्रकुमारी पुन १३०४१ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १२५९४ मत पाएका थिए भने उपप्रमुखमा नेकपा एमालकै प्रेमशंकर मर्दनियाले १३८१४ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसकी खगीसरा गुरुङ ११६९३ मतका साथ साथ उपविजेता बनेकी थिईन । १७ वडा रहेको कावासोती नगरपालिकामा ८ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ले जितेका थिए ।

मध्यविन्दु नगरपालिका

मध्यविन्दु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चन्द्रबहादुर रानाले १०९९७ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका भीमलाल अधिकारीले १००६४ मत पाएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकै ओमकुमारी महतोले १०८३५ मत पाएर विजयी हुदाँ नेकपा एमालकी जोगमाया महतो १००३३ मतका साथ साथ उपविजेता बनेकी थिईन । १५ वडा रहेको मध्यविन्दु नगरपालिकामा १० वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस र ५ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले उम्मेदवार ले जितेका थिए ।

बुलिङटार गाउँपालिका

बुलिङटार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीले ४६९८ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका विद्रोही गिरीले २४८२ मत पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकै मैना कामी४६६२ मत पाएर विजयी हुदाँ नेकपा एमालकी पार्वती थापा २५४७ मतका साथ साथ उपविजेता बनेकी थिईन । ६ वटा वडा रहेको बुलिङटार गाउँपालिकाको ६ वटै वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

बौदीकाली गाउँपालिका

बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर रानाले ३१९१ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्यामसुन्दर श्रेष्ठले ३०३९ मत पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकै मायादेवी श्रेष्ठ ३१७३ मत पाएर विजयी हुदाँ नेकपा एमालकी डिलकुमारी केसी सारु ३०१० मतका साथ उपविजेता बनेकी थिईन । ६ वटा वडा रहेको बौदीकाली गाउँपालिकामा ३ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

हुप्सेकोट गाउँपालिका

हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मीदेवी पाण्डेले ४५९२ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका मेकबहादुर पुलामी मगरले ४३५८ मत पाएका पाएका थिए भने उपाध्यक्षमा नेकपा एमालकी स्वतन्त्र कोपिला मल्ल ४४६८ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसका ओमबहादुर घर्ती ४४१३ मतका साथ उपविजेता बनेका थिए । ६ वटा रहेको हुप्सेकोट गाउँपालिकामा ४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका र २ वटा वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

विनयी त्रिवेणी गाउँपालिका

विनयी त्रिवेणी गाउँपालिका नेपाली कांग्रेसका डम्बरबहादुर जिसीले ६९०९ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मणबहादुर पाण्डेले ५३५० मत पाएका पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकी मिनाकुमारी राना ६८९६ मत पाएर विजयी हुदाँ नेकपा एमालकी ताराकुमारी बि.क मतका साथ उपविजेता बनेकी थिईन । ७ वटा वडा रहेकोविनयी त्रिवेणी गाउँपालिकामा ६ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका र १ वटा वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

 

कुल ९२ वटा वडा रहेको नवलपुरमा गत स्थानीय निर्वाचनमा ५६ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ३३ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले , २ वटा वडाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र र १ वटा वडामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका थिए ।

 

प्रकाशित : २०७८ फागुन २ गते १५:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI