फरक क्षमता भएका गुरुङ एमालेबाट सदस्यको उम्मेदवार

NAWALPUR TIMES

फरक क्षमता भएका गुरुङ एमालेबाट सदस्यको उम्मेदवार
IMG 20220427 WA0029

देवचुली । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) देवचुली ९ ले शारीरिक रुपमा फरक क्षमता भएका एक युवालाई वडा सदस्य पदको उम्मेदवार बनाएको छ।

अपाङ्गता भएका सम्पूर्ण वडाबासीहरुको प्रतिनिधित्व हुनेगरी ४० वर्षीय युवा आइतमान गुरुङ्गलाई उम्मेदवार बनाएको एमालेका वडा कमिटी अध्यक्ष रामप्रसाद पन्तले बताए। गुरुङ्गलाई सानै उमेरमा पोलियो पक्षघात भएको थियो। यससँगै नेकपा (एमाले)ले वडाभित्रका ४ वटै टोलबाट समावेशी तरिकाले सामाजिक सेवामा क्रियाशिल शिक्षित युवालाई उम्मेदवार बनाएको पार्टी कमिटी उपाध्यक्ष मेख बहादुर थापा सारु मगरले दाबी गरे।

एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार टेकबहादुर गाहा रहेका छन्। गाहा जनजागृत युवा क्लवका संस्थापक अध्यक्ष, घुमाउरी सामुदायिक वनका अध्यक्ष , घुमाउरी पिक्निक स्पटका योजनाकार, विशालटार खानेपानीका कोषाध्यक्ष र पछिल्लोपटक वडा सदस्य पदमा रहेर काम गरेका व्यक्ति हुन्। शिक्षित एवं लोकप्रिय युवालाई उम्मेदवार बनाएको दाबी गरेको एमालेले अन्य सदस्यहरुमा सामाजिक काममा अग्रसर महिला मधुमाया गुरुङ्ग, सरस्वती विक, क्याप्टेन विष्णु बहादुर खड्कालाई उम्मेदवार बनाएको पार्टी सचीव होमनाथ पौडेलले बताए।

देवचुली ९ मा स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी)को गठबन्धनसँग एमालेले एक्लै प्रतिस्पर्धा गर्दै छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology