प्रोटिनको कमीले कलेजोमा बोसो जम्ने खतरा, यस्ता छन् अन्य समस्या

NAWALPUR TIMES

प्रोटिनको कमीले कलेजोमा बोसो जम्ने खतरा, यस्ता छन् अन्य समस्या
Capture

प्रोटिन मानव शरीरका मांसपेशीहरुका लागि आवश्यक पोषक तत्व हो । प्रोटिनले मांसपेशीसँगै हाम्रो छाला, एन्जाइमहरु र हर्मोनहरुका लागि अत्यावश्यक पदार्थ हो । शरीरका हरेक तन्तुका लागि प्रोटिन निकै आवश्यक हुन्छ । शरीरका धेरैजसो अंगहरुका लागि आवश्यक प्रोटिनको कमि भएमा विभिन्न प्रकारका शारीरिक समस्याहरु आउन थाल्छ ।

एडिमा
शरीरका कुनै पनि अंग फुल्ने, सुन्निने समस्यालाई मेडिकल भाषामा एडिमा भन्ने गरिन्छ । वैज्ञानिकका अनुसार यो समस्या शरीरमा ह्युमन सीरम एल्बुमिनको कमिले हुने गर्छ । यो पदार्थ रगत र रगत प्लाज्माको तरल भागमा पाइन्छ । प्रोटिनको कमिले पेटमा तरल पदार्थको कमि गरिदिन्छ ।

कलेजोमा बोसो 
प्रोटिनको कमिले कलेजोको कोशिकाहरुमा बोसो जम्ने समस्या आउन सक्छ । यदि शरीरमा प्रोटिनको कमि भयो भने कलेजोमा बोसो जम्ने समस्या बढ्न सक्छ । जसले गर्दा कलेजो सुन्निने, घाउ हुने र कलेजोले काम नै गर्न नसक्ने अवस्था आउन सक्छ । यो (फ्याटी लिभर) को समस्या मोटोपन, मादकपदार्थ सेवन धेरै गर्ने व्यक्तिहरुमा हुन सक्छ ।

छाला, कपाल र नङ
प्रोटिनको कमिको प्रभाव प्रायः छाला, कपाल र नङमा देखिन्छ । छाला, कपाल र नङ बढ्नको लागि प्रोटिनको आवश्यकता पर्छ । तर, प्रोटिनको कमि भयो भने छाला फुट्ने, दाग धब्बा देखिने, रातो धर्साहरु देखिने, निलो, रातो दाग बस्ने, कपाल झर्ने र नङ पनि अत्यधिक कमजोर हुने गर्छ ।

मांसपेशीमा समस्या 
मांसपेशीको वृद्धि र विकासका लागि प्रोटिन नभई हुँदैन । शरीरमा प्रोटिनको कमि भएमा शरीरको क्रियाको लागि हड्डिबाट प्रोटिन लिन थाल्छ । प्रोटिनको कमिले मांसपेशीमा धेरै समस्या ल्याउँछ ।

हड्डीहरु भाँचिने 
प्रोटिनको कमिले हड्डीहरु कमजोर हुन्छन् । जसको कारण टुट्ने र भाँचिने सम्भावना धेरै हुन्छ ।

बालबालिका शारीरिक विकास
प्रोटिन हड्डी र मांसपेशीका लागि मात्र होइन बालबालिकाको वृद्धि र विकासका लागि पनि महत्त्वपूर्ण मानिन्छ । प्रोटिनको कमिले बालबालिकाको शारीरिक विकासमा समस्या हुन सक्छ । जसले गर्दा बालबालिकाहरु कुपोषणको शिकार हुन सक्छन् ।

इन्फेक्शनको खतरा
प्रोटिनको कमिले रोग प्रतिरोधात्मक क्षमतालाई पनि गम्भीर असर पुर्याउँछ । जसले गर्दा इन्फेक्शनको खतरा पनि निम्त्याउँछ ।

मोटोपनको समस्या
प्रोटिनको कमिले सबैभन्दा ठूलो समस्या मोटोपनको शिकार भइन्छ । प्रोटिनको कमिले भोक बढी लाग्छ । प्रोटिनको सेवनले बारम्बार भोक लागिरहने समस्यालाई कम गराउँछ । जसले गर्दा खाइरहन मन लाग्दैन । र मोटोपनबाट बच्न सकिन्छ ।

अण्डा, दही, दूध, पनिर, कुखुराको मासु, मसुरको दाल, फलयुक्त तरकारी, ब्रोकाउली, बदाम र ओट्स जस्ता चिजहरुको सेवनले प्रोटिनको कमि पूरा गर्न सकिन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology