“प्रेम के हो र कसलाई किन गरिन्छ, प्रश्न नगर”

NAWALPUR TIMES

“प्रेम के हो र कसलाई किन गरिन्छ, प्रश्न नगर”
FB IMG 16133061491225060

कुशल लामिछाने-

प्रेम के हो र कसलाई किन गरिन्छ प्रश्न नगर, जीवनलाई आदर गर, प्रेम गर। जीवनजत्तिको पवित्र, सुन्दर, उत्सवपूर्ण र प्रेमपूर्ण अरू चिज नै छैन।’ ओशोको इशारा हुनुपर्दछ- प्रेमको कुनै परिभाषा छैन। प्रेम कुनै सम्बन्ध पनि होइन। प्रेमको कारण सम्बन्ध रहन सक्छ तर प्रेम त प्रत्येक व्यक्ति र प्राणीमा हुनुपर्ने एउटा सद्गुण हो।

पश्चिमा देशहरूमा फेब्रुअरी १४ अर्थात् प्रेम दिवस एउटा वार्षिक उत्सवका रूपमा मनाउन थालेको धेरै भएको भए पनि नेपालको इतिहासमा एक दशकयता यो दिनको महत्व बर्सेनि अरू बढ्दै गएको पाइन्छ। प्रेमलाई जानेर या नजानेर, हाम्रो प्रेम गर्ने तरिका र मान्यता या प्रेमको चाहना जेजे कुरालाई आधार मानेर प्रेम दिवस मनाउने संस्कारको विकास भएको भए पनि प्रेम के हो बोध गर्न नसक्दा जीवन सधैं प्रेमकै अपेक्षामा बित्न सक्छ। सन्त भ्यालेन्टाइनको प्रसंग मात्रै किन भ्यालेन्टाइन दिनको हाराहारीमा श्रीस्वस्थानी व्रतकथाको समापन दिवस पर्दछ। हाम्रो स्वस्थानीमा पनि त भगवान् शिव र पार्वतीको जीवन्त प्रेमलाई नै प्रस्तुत गरिएको छ। भगवान् शिवले आफ्नी प्रेमिका र पार्वतीको मृत शरीरका प्रत्येक अंग समाप्त नहुञ्जेल बोकेर डुलेको कथा कम सान्दर्भिक र मार्मिक छ र ? शिव र सतीको प्रेम, दिव्यप्रेम, एकअर्काबीचको श्रद्धा अनि भक्ति झल्किने त्यो प्रेम सन्त भ्यालेन्टाइनको भन्दा कम सन्देशमूलक छ र ? त्यसैगरी सीतारामको प्रेम कहानी, राधाकृष्णको प्रेमलगायतका जीवनीबाट हामीलाई बोध हुन्छ- प्रेम त जीवनलाई उत्सवमय जिउने एउटा कला हो।

हुन त आजको प्रेमको तरिका, विशेषगरी युवा जमातमा आफ्ना प्रेमी-प्रेमिकाबीच रातो गुलाब, भ्यालेन्टाइन चकलेट, कार्ड र उपहार आदान-प्रदान गर्ने प्रचलनमा सीमित भएको हो कि भन्ने भान हुन्छ। प्रेम गर्नु र प्रेम दिवस मनाउनु, कार्यक्रममा रमाउनु पटक्कै नराम्रो कुरा होइन तर प्रेम दिवसले दिन खोजेको वास्तविक सन्देश बुझिएको छ कि छैन ? फेब्रुअरी १४ मात्र होइन, ३६५ दिन नै कसरी प्रेममय बनाउने ? आफ्नी प्रेमिकासँग मात्र होइन, घर-परिवार, साथीभाइ, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महत्वपूर्ण पक्ष हुन आउँछ।प्रेमी-प्रेमिकाबीचको प्रेम होस् या पतिपत्नीबीचको प्रेम, बा-आमा र छोरा-छोरीबीचको प्रेम, साथीभाइ, इस्टमित्रबीचको प्रेम होस् या अरू कुनै सम्बन्ध बनाएको प्रेम होस्। सम्बन्ध छ र प्रेम छ, यो कारणवश गरिएको जस्तो प्रेम नै हामीले बुझ्दै आएका छौं। त्यसैले त सम्बन्ध रहँदासम्म प्रेमको अनुभूति छ, रमाइलो र खुसी छ। प्रेममा अशान्त, धोका, अभाव आदि छ भनिन्छ भने त्यो प्रेम होइन। न त प्रेम गर्ने कुरा नै हो। पाउँदा खुसी र नपाउँदा दुःखी हुनु भनेको के हामीले प्रेमलाई अपेक्षाको साधन बनाएका त छैनौं ?भगवान शिवले आफ्नी प्रेमिका र पार्वतीको मृत शरीरका प्रत्येक अंग समाप्त नहुञ्जेल बोकेर डुलेको कथा कम सान्दर्भिक र मार्मिक छ र ? शिव र सतीको प्रेम, दिव्यप्रेम, एकअर्काबीचको श्रद्धा अनि भक्ति झल्किने त्यो प्रेम सन्त भ्यालेन्टाइनको भन्दा कम सन्देशमूलक छ र ?

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology