प्राविधिक शिक्षालय मार्फत विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्नेछौ : अध्यक्ष पाण्डे
NAWALPUR TIMES प्रकाशित : २०७७ कार्तिक १ गते १९:५१
received 783542559102407
कावासोती । पुर्वि नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देबि पाण्डेले हुप्सेकोटमा स्थापना गरिएको प्राबिधिक शिक्षालयले बिश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने बताएकी छिन । “प्राविधिक शिक्षा बिना समृद्धिको सपना पुरा हुन सक्दैन,समृद्ध हुप्सेकोटको सपनाका लागी प्राविधिक शिक्षालय कोसेढुङ्गा साबित हुने बिस्वाश लिएकि छु” पाण्डेले भनिन , “प्राविधिक शिक्षालय मार्फत प्रतिस्पर्धात्मक बजार र आधुनिक बिश्वमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्नुनै हाम्रो उदेश्य हुनेछ ” ।
गाउँपालिकाको सभाहलमा शनिबार हुप्सेकोट गाउँपालिका र CTEVT को साझेदारीमा स्थापना गरिएको हुप्सेकोट प्राविधिक शिक्षालयको उदघाटन गर्दै अध्यक्ष पाण्डेले प्राबिधिक शिक्षालय रहरले नभएर आवश्यकताले स्थापना गरेको प्रस्ट पार्दै शिक्षामा गरेको लगानी नै बास्तबिक लगानी रहेकाले CTEVT को सम्बन्धनमा गाउँपालिकाले प्राबिधिक शिक्षालयमा लगानी गरेको जानकारी दिईन ।
कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी भएका CTEVT का सदस्य सचिब डा.पुष्प रमण वाग्ले ,पुर्ब सदस्य सचिब डा.रमेश बखति,डा.रामहरि लामिछानेले प्राबिधिक शिक्षाको महत्व दर्शाउदै राजनैतिक पुर्बाग्रह बिना हुप्सेकोट प्राबिधिक शिक्षालयको बिकाशमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले प्राबिधिक शिक्षालयले हुप्सेकोटमा बिकाशको ढोका उघारेको बताए । हुप्सेकोट प्राबिधिक शिक्षालयमा SEE पछिको ३ बर्षे बाली तथा पशु बिज्ञान विषयको अध्यापन गराईनेछ । जस अन्तरगत यो बर्ष बालि बिज्ञान तर्फ ४० जना र पशु बिज्ञान तर्फ ४० जना बिध्यार्थिलाई अध्यापन गरिने बताईएको छ ।
हुप्सेकोट ०३ स्थित नेपाल शान्ति मा.बि.को भवनबाट प्राबिधिक शिक्षालय संचालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत माधबराज गौतमले जानकारी दिए ।
Facebook Comment