नवलपुर । नवलपुरमा प्रथम झरना खोला पर्यटन तथा सांस्कृतिक महोत्सव २०८० हुने भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका ४ शंखदेवमा झरना खोला सामुदायिक मगर होमस्टेको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सव आगामी माघ २५ देखि २६ गतेसम्म सञ्चालन हुने अयोजकले जनाएको छ ।
पछिल्ला केहि वर्षदेखि नवलपुर जिल्लाको पर्यटकीयरुपमा परिचित हुँदै गएको झरना खोलामा पर्यटन प्रबर्द्धन र उक्त क्षेत्रमा मगर समुदायको बाहुल्यता बढी भएकाले पनि उक्त समुदायको संस्कार संस्कृति संरक्षण गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको झरना खोला सामुदायिक होमस्टेका अध्यक्ष सागर गाहा मगरले बताउनु भयो ।
तिन दिन सम्म सञ्चालन हुने महोत्सवमा मगर समुदायको कौराहा नाच, घाटु, सोरठी जस्ता मौलीक र सांस्कृति बोकेको नाच प्रर्दशन गरिने जनाएको छ । यसका साथै स्थानीय मौलिक खानाका परिकारहरु, स्थानीय र राष्ट्रिय कलाकारहरुको सास्कृतिक प्रस्तुति रहने छ । महोत्सव झरना खोला सामुदायिक मगर होमस्टेको आयोजना , झरना संरक्षण समिति र सिर्जनशिल आमा समूहको सह आयोजनामा हुनेछ । झरना खोला पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो झरनालाई त्यहाँका स्थानीय समुदायले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो ।
जिल्लाको पहाडी भेगमा रहेको यो झरनाको दृश्यावलोकन गर्न, वन भोज , साइक्लिीङ , रमाइलो गर्न जाने पर्यटकको सङ्ख्यासमेत क्रमशः बढ्दै गएको छ ।
प्रकाशित : २०८० पुष १ गते १७:३९
Facebook Comment