प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५१ जना संक्रमितले कोरोनालाई जिते

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५१ जना संक्रमितले कोरोनालाई जिते
IMG 20200827 161129

कावासोती । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसन बाट थप ५१ जना कोरोना संक्रमितले कोरोनालाई जितेर संक्रमण मुक्त भएका छ्न ।

संक्रमणमुक्त हुने हरुमा जिल्लाको विनयी त्रिवेणि गाउँपालिकाका ४ पुरुष र ५ महिला गरि ९ जना, देवचुली नगरपालिकाका १४ पुरुष र ५ महिला गरि १९ जना, कावासोती नगरपालिकाका १ पुरुष र ५ महिला गरि ६ जना, हुप्सेकोट गाँउपालिकाका १ पुरुष र ३ महिला गरि ४ जना, मध्यविन्दु नगरपालिकाका १ महिला र १ पुरुष गरि २ जना र गैंडाकोट नगरपालिकाका ५ पुरुष र ६ महिला गरि ११ जना रहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए ।

कोरोना जित्नेहरुमा अप्रेशन गरेर बच्चा जन्माउनु भएकी (Caesarean section) सुत्केरी, मुटुको अप्रेसन गरेको ५ दिन पछाडि चिकित्सालय आउनुभएकि ६५ वर्षीय महिला लगाएतका भएका पौडेलले बताए । यो सँगै हालसम्म चिकित्सालय बाट संक्रमण मुक्त हुनेको संख्या ५७८ पुगेको छ । संक्रमण मुक्त भएका हरुलाई बुधबार साझ नै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार जिल्ला को रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसनमा उपचाररत ६२ जना को स्वाब परिक्षणका लागी पठाईएकोमा ५१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology