प्राकृतिक चिकित्सालयका ८२ जना संक्रमितले कोरोनालाई जिते

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालयका ८२ जना संक्रमितले कोरोनालाई जिते
IMG 20200827 161129

कावासोती । नवलपुरको रजहरमा रहेको जिल्लाको एक मात्र अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसन बाट ८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छ्न ।

अस्पतालका निर्देशक डा विनोद पौडेलका अनुसार  १ सय ४० जनाको पीसीआर परीक्षण गरिएकोमा बिहीबार ८२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालमा हालसम्म ५ सय ९९ जना कोरोना संक्रमित आइसोलेसनमा राखेर उपचार गरिएको छ । तीमध्ये ५ सय २७ जना (पटकपटक गरेर ) निको भइसकेका छन् ।

यो सँगै अब चिकित्सालयको आईसोलेसनमा ५९ जना सक्रिय सक्रमित रहेका छ्न भने अब जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology