प्रहरीसँग पीडित नाबालिगले भनिन्: सन्दीपले भक्तपुरमा घुमाए, राति पटक-पटक बलात्कार गरे

NAWALPUR TIMES

प्रहरीसँग पीडित नाबालिगले भनिन्: सन्दीपले भक्तपुरमा घुमाए, राति पटक-पटक बलात्कार गरे
gettyimages 1197438049 2048x2048 1

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर लामिछानेविरूद्ध मंगलबार जाहेरी दर्ता भएको पुष्टि गरेको छ।

लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए। सोही राति आफूमाथि लामिछानेले पटक-पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ। काठमाडौं-९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार उनले दाबी गरेकी छन्।

जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।

घटनाको प्रहरी वृत्त गौशाला र परिसरले सुक्ष्मरूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।

लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology