प्रहरीको साइबर ब्युरोले भन्यो- व्यक्तिगत विवरण अरूलाई नदिनोस्

NAWALPUR TIMES

प्रहरीको साइबर ब्युरोले भन्यो- व्यक्तिगत विवरण अरूलाई नदिनोस्
EyiErfJw75tBMwbQ0uZglmwngDubVvtFYx1Wa8DP 1

काठमाडौं। नेपाल प्रहरीको साइबर ब्युरोले अपरिचित व्यक्तिहरूले अश्लील तस्वीर र भिडिओ पठाउन लगाई ब्ल्याकमेलिङ तथा सामाजिक सञ्‍जालमा पोस्ट गरी चरित्र हत्या गर्ने गरेको उल्लेख गर्दै आफ्नो व्यक्तिगत विवरण नदिन अरू कसैलाई नदिन अनुरोध गरेको छ।

‘म साइबर क्राइमबाट प्रहरी बोलेको’, ‘साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भन्‍नेजस्ता भ्रामक विवरण र प्रहरीको हवाला दिँदै चरित्र हत्या गर्ने गतिविधि बढेको ब्युरोको भनाइ छ। ब्युरोका अनुसार यस्ता घटनाको अनुसन्धान भइरहेको छ। “फोन, इमेललगायत कुनै पनि माध्यमबाट आफ्नोबारे जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य वा कुनै पनि किसिमको सूचना आदानप्रदान नगर्नु होला,” ब्युरोले भनेको छ।

त्यस्ता घटना भएमा सूचना दिन ब्युरोले दुईवटा मोबाइल नम्बर पनि सार्वजनिक गरेको छ। ९८५१२८६७७० र ९८५१२८६७७१ मा आफ्नो काठमाडौं भोटाहिटीस्थित कार्यालयमा सम्पर्क गर्न सकिने ब्युरोको भनाइ छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology