प्रधानमन्त्री ओली आफ्नै कारणले सकिने भए : प्रचण्ड

NAWALPUR TIMES

प्रधानमन्त्री ओली आफ्नै कारणले सकिने भए : प्रचण्ड
received 1043350319499900

अर्जुन अविरल/काठमाडौ । प्रधानमन्त्री  केपि ओलीले आफ्नै कर्मले आफैलाई सक्काएकाे नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाैंमा भएकाे प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेलामा बताएका छन् । भेलामा सम्बाेधन गर्दै प्रचण्डले ओलीले नेकपालाई मात्रै फुटाएका छैनन् ठूलाे बलिदानबाट प्राप्त संघिय लाेकतान्त्रिक गणतन्त्रकाे घाँटी निमाेठ्ने काम गरेकाे बताएका छन् । भर्खर जन्माएकाे बच्चालाई कसैले हत्या गर्दा जसरी आमाकाे मन रून्छ त्यसरी नै आफ्नाे मन राेएकाे प्रचण्डले बताए । ओलीले जे गरे दुष्कर्म गरे जुन ईतिहासले बिर्सने छैन तर ओली आफ्न‌ै कर्मले आफै सकिने बताएका थिए ।

त्यसैगरी अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले असली एमाले के पि अाेली नभई आफू रहेकाे बताए । अब एमाले र माओवादी दुवै विघटन भईसकेकाले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) नै हाम्राे अबकाे पार्टी रहने बताए । ओली ढाँटकाे पुलन्दा हुन्, एकै दिन एउटै पद तीन तीन जनालाई बाँडेर ठाउँका ठाउँ ढाँटेकाे, पार्टीकाे बैठकमा पनि पटक पटक ढाँटेकाे, प्रचण्ड र बामदेबलाई ढाँटेकाे उदाहरण प्रस्तुत गरेका थिए ।

प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेलामा बाेल्दै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटि सदस्य याेगेश भट्टराईले हामीले ठूला महाराजाहरूलाई त फाल्याै तर अाफ्नै नजिकै कुर्चिमा छाेटे राजाहरू रहेछन् अब यसलाई पनि छिट्टै फ्याक्छाैं । के पि ओलीमा उर्लदाें बैश सकिएर अब ओरालाे लागेकाे छ । ओरालाे लागेकाे मान्छे अब उकालाे लाग्दैन भन्ने भनाई राखेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष किशाेर श्रेष्ठ, प्रेस काउन्सिलका पूर्व सचिव संगिता खड्का, बरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्ले, पत्रकार महासंघका पूर्व अध्यक्ष ओम शर्मा, वर्तमान अध्यक्ष गाविन्द आचार्य, प्रेस चाैतारीका संस्थापक अध्यक्ष शम्भू श्रेष्ठ, प्रेस चाैतारीका पूर्व अध्यक्ष बालकृण्ण चापागाई, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत, फाेनिज अध्यक्ष डण्ड गुरूङ्ग, मधेसी पत्रकार संघका अध्यक्ष माेहन सिंह लगायतले मन्तव्य राख्नु भएकाे थियाे । प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेला आज काठमाण्डाैंकाे प्रज्ञा भवनमा संगठनका अध्यक्ष महेश्वर दाहालकाे अध्यक्षतामा भएकाे थियाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology