प्रधानमन्त्रीसँग मनोचिकित्सकको छलफल

NAWALPUR TIMES

प्रधानमन्त्रीसँग मनोचिकित्सकको छलफल
2006265831drwithpm

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनापछि नेपालमा मानसिक स्वास्थ्य अवस्था बारे बुझ्न मनोचिकित्सकसँग छलफल गरेका छन्।

कोरोनाको महामारीपछि नेपालमा देखिएको मानसिक स्वास्थ्य समस्या र के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री ओलीले मनोचिकित्सकसँग बालुवाटारमा छललफ गरेका हुन्।

मानिसक स्वास्थ्यलाई सरकारले प्राथमिकता नदिएकाले यो समस्या बढ्दै गएको बताएको छलफलमा सहभागी मनोचिकित्सक डा रितेश थापाले बताए। मानसिक समस्या वर्षेनी बढ्दै गएपनि नेपालमा एक मात्र केन्द्रीय अस्पताल हुनु दुखद भएको उनले बताए। प्रत्येक प्रदेशमा मानसिक अस्पताल हुनुपर्ने बताउँदै उनले भएका जनशक्तिलाई क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्ने बताएका थिए।

छलफलमा आफुहरुले राष्ट्रिय स्वास्थ्य नीति पारित गर्नुपर्ने विषय समेत उठाएको उनले जानकारी दिए। करिब १ घण्टा भएको छलफलमा उनीहरुले मनोत्रास कम गर्न सकेमात्र मानसिक समस्या न्यूनीकरण गर्न सकिने बताएका थिए।

छलफलमा मनोचिकित्सक संघ नेपालका अध्यक्ष डा सुदर्शन प्रधान, सह सचिव डा मीना राई, सदस्य सगुन पन्त, त्रिवि शिक्षण अस्पतालका डा. सरोज ओझा, पाटन अस्पतालका डा अनन्त अधिकारी लगायत सहभागी भएका थिए।

देशभर हाल करिब २ सय मनोचिकित्सक रहेको मनोचिकित्सक संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका डा थापाले जानकारी दिए। जसमध्ये ११ जना मनोचिकित्सक मात्र सरकारी दरबन्दीमा छन्। त्यसमा पनि ६ जना मनोचिकित्सक काठमाडौं उपत्यकामा मात्र छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology