प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुकपेज ह्याक, इकमर्स पेजमा परिवर्तित

NAWALPUR TIMES

प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुकपेज ह्याक, इकमर्स पेजमा परिवर्तित
lalbabu facebook 20201204053841

जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक भएको छ। मुख्यमन्त्रीको आधिकारिक फेसबुकपेज शुक्रबार बिहान ह्याक भएको हो।

मुख्यमन्त्रीको फेसबुकपेज इकमर्स पेजका रूपमा परिवर्तन भएको छ। त्यससँगै ntmrulr.cn नामक स्वास्थ्य वेबपोर्टल राखिएको छ। यो वेबसाइट खोल्दा चिनियाँ भाषाको स्वास्थ्य वेबपोर्टल खुल्छ।

सो वेबपोर्टलमा स्वास्थ्यसम्बन्धी टिप्सहरू दिइएको छ।

यसैगरी फेसबुकको प्रोफाइल र कभर फोटो पनि फेरिएको छ। प्रोफाइल फोटोमा चिनियाँ महिला जस्तो देखिने महिलाको फोटो छ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले पेज ह्याक भएको बताए। उनका अनुसार ह्याक कहाँबाट कसले गर्‍यो भनेर अनुसन्धान थालिएको जानकारी दिए। उनले मुख्यमन्त्रीको फेसबुकपेज ह्याक भएकाले अन्यथा कुराहरु पोष्ट हुन सक्ने भन्दै क्षमायाचना समेत गरेका छन् ।

विश्वका थुप्रै प्रसिद्ध व्यक्तिका फेसबुक तथा ट्वीटर ह्याक हुने गरेको छ। पछिल्लो समय नेपालका शीर्ष नेताको पनि फेसबुक तथा वेबसाइट ह्याकरको निशानामा पर्न थालेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology