प्रतियोगिताबाट बाहिरिसकेको नेपाल र पाकिस्तान भिड्दै

NAWALPUR TIMES

प्रतियोगिताबाट बाहिरिसकेको नेपाल र पाकिस्तान भिड्दै
1686223713 saff 1200x560 1

कावासोती । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने ४ बजे शुरु हुनेछ । नेपाल र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology