प्रतिपक्षमा बस्नु पर्ने भए पछि संसद स्थगन गरियो, सरकारको चरित्र उदाङ्गियो : नेता नेपाली

NAWALPUR TIMES

प्रतिपक्षमा बस्नु पर्ने भए पछि संसद स्थगन गरियो, सरकारको चरित्र उदाङ्गियो : नेता नेपाली
CM 20210412072031730

नवलपुर । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतिपक्षमा बस्न डराएर संसद बैठक स्थगन गरेको बताएका छन ।

नवलपुर टाईम्स सँगको कुराकानीमा नेता नेपालीले भने  ‘हामी हिजो प्रतिपक्षमा बसेर धर्म निभायौँ, अब पृथ्वीसुब्बा गुरुङ प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएपछि संसद्नै स्थगित भयो, उहाँको चरित्र उदाङ्गियो ।’

मुख्यमन्त्री गुरुङले सत्ता बाहिर रहनु पर्ने पिडाले लोकतन्त्रको खिल्ली उडाउदै हतासमा संसद विघटन गर्नु खेदजनक भएको बताउदै नेपालीले वर्तमान सरकार संसद बाट धेरै दिन भाग्न नसक्ने बताए । आफुहरुले प्रतिपक्षमा बसेरै सरकारलाई धेरै सहयोग गरियो तर प्रदेश सरकार ओलि पथमा लागे पछि अविश्वासको प्रस्ताव ल्याउन आफुहरु बाध्य बनेको नेपालीले बताए ।

मुख्यमन्त्री गुरुङ पनि ओलि पथमा हिडेको बताउदै नेता नेपाली प्रदेशमा सरकार परिवर्तनको विकल्प नभएको बताए । काङ्ग्रेसले सत्तामा जानको लागि भन्दा पनि लोकतन्त्र र संघीयताको रक्षा गर्न अविश्वासको प्रस्तावको नेतृत्व गरेको नेता नेपालीको भनाई थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology