प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

NAWALPUR TIMES

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै
Samsad bajet 6 scaled

काठमाडौँ – पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले दिएको आदेश अनुसार गएको आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका स्थगित भएको थियो ।
संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने छ ।
पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै तत्कालीन अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले अवरोध गरेको थियो । दुवै पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालनको कार्यशैलीप्रति सदन खुलेकै दिन चर्को असन्तुष्टि र विरोध जनाएका थिए ।
नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा सदनमा जाने छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology