प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने

NAWALPUR TIMES

प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने
prachanda 20200322060333

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन् ।

सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो ।

अध्यक्ष प्रचण्डसहित उपप्रधानमन्त्रीहरुको शपथ अहिले दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ  ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology