प्युठान जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुग्याे

NAWALPUR TIMES

प्युठान जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुग्याे
Accident sketch1614604753

प्युठानकाे ओखरपाटामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुगेकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिनुभयाे।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियाे ।

नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेकाे थियाे ।

जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य पाँच जनाकाे जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेकाे थापाले बताउनुभयाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology