प्याबसन नवलपुरको अध्यक्षमा रावत निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ४ गते ११:००
प्याबसन नवलपुरको अध्यक्षमा रावत निर्वाचित
Screenshot 2021 12 19 105958

नवलपुर । निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याबसन नवलपुरको १५ औँ अधिवेशनबाट अध्यक्षमा दिपक रावत निर्वाचित भएका छन ।

शनिबार सम्पन्न निर्वाचनबाट रावत आफ्ना निकटम प्रतिस्पर्धी हरिहर अधिकारीलाई १७ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।रावतले ४७ मत प्राप्त गर्दा अधिकारीले ३० मत पाएका थिए ।

त्यसै गरि वरिष्ठ उपाध्यक्षमा भीमलाल कंडेल, उपाध्यक्षमा प्रदीप बास्तोला निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

बाकी पदहरुमा भने सर्वसम्मत भएको हो जस अनुसार सचिव, कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा क्रमसः कान्तमणी चौधरी, चुरा बहादुर गुरुङ, अनिल थापा, मोहन सिंह थापा बाकबल र सदस्यहरुमा लक्षमण कंडेल, पदम बराल, कमल चापागाईं,जगन्नाथ अर्याल , चिरिञ्जिबी गौडेल,नारायण थापा , युबराज गौतम सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : २०७८ पुष ४ गते ११:००
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI