कावासोती । नवलपुरमा खोलामा डुवेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर घर भएका ३० वर्षका कृष्ण सुवेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मध्यविन्दु नगरपालिका वडा नं. १४ बतासा स्थित अरुणखोलाको मुखेढुंगा पानीको रहमा पौडी खेल्ने क्रममा शिक्षक सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिनुभयो ।
देवचुली घर भएका मृतक सुवेदी मध्यविन्दु नगरपालिका वडा नं. १० मा रहेकाे जनता माध्यामिक विद्यालयका टाडीका शिक्षक हुन् । अत्याधिक गर्मी भएपछि पौडी खेल्ने भन्दै उनि सहित स्कुलका सातजना शिक्षकहरु खोलामा गएका थिए ।

प्रकाशित : २०८० जेठ २९ गते ९:१२
Facebook Comment