पोखराकी युवतीको भारतबाट उद्धार Read

NAWALPUR TIMES

पोखराकी युवतीको भारतबाट उद्धार Read
women t68PybdD1i

पूर्वी नाका काँकडभिट्टाबाट भारत पुगेकी एक नेपाली युवतीलाई भारतीय एसएसबीले उद्धार गरेका छन्।  मानव तस्करीको फन्दामा फसेर गैरकानुनी रूपमा भारतको बाटो दिल्ली हुँदै कुवेत जान लागेकी पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको हो।  काँकडभिट्टाबाट भारत प्रवेश गरेका युवती उमरालाई एसएसबी ४१ बटालियन अन्तर्गतको पानीटंयाकी बिओपीका टोलीले उद्धार गरेको हो। भारतीय सीमा प्रवेश गरेकी युवतीलाई रोकेर एसएसबीका जवानले शङ्का लागि सोधखोज गर्दा कामको सिलसिलामा भारतबाट कुवेत जान लागेकी बताइएकी थिइन्। एसएसबीका अनुसार नेपाली कागजात र राहदानी समेत फेला नपरेको युवती पानीटंयाकी बस पार्कतर्फ जान लागेकी थिइन्। बस पार्कमा उनलाई अज्ञात व्यक्ति लिन आउने र त्यही व्यक्तिले बाघडुग्रा विमानस्थलबाट दिल्ली लैजाने योजना बनाएको उनले बयानको क्रममा बताएकी छिन्। युवतीलाई लैजाने कुनै व्यक्ति एसएसबीको फन्दामा परेको छैन्।  यता एसएसबीले युवतीलाई नेपाल प्रहरीलाई जिम्मा लगाइएको जनाइएको छ।  

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology