पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध विरोध प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ६ गते १२:१३
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध विरोध प्रदर्शन
Butwol pic 20220620120334

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले विरोध प्रदर्शन गरेको छ।सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्दै टायर बालेर सरकारविरूद्ध नाराबाजी गरेका छन्।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्।सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै विरोध प्रदर्शन गरिएको अनेरास्ववियु रूपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए।

प्रकाशित : २०७९ असार ६ गते १२:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI