पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

NAWALPUR TIMES

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
oli cabinet2024 11 18 09 49 38

कावासोती । सरकारले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ। साथै स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने सरकारले निर्णय गरेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology