पुस्तक–पत्रिका आयातमा मात्र भन्सार छुट

NAWALPUR TIMES

पुस्तक–पत्रिका आयातमा मात्र भन्सार छुट
1605319941245

अर्थ मन्त्रालयले पुस्तकमा लाग्दै आएको करसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल मात्र हटाएको जनाएको छ ।
अर्थ मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई पैठारी गरेमा साबिकबमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको प्रस्ट पारेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाइ हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्न सघाउ पुग्ने बताउनुभयो ।
मन्त्रिपरिषद्को यही कात्तिक २४ को बैठकले विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐनले नेपाली प्रकाशक, वितरक वा सोल एजेन्ट वा प्रतिलिपि अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गरेमा त्यसरी पैठारी भएको पुस्तकको छपाइ मूल्य (कागज, मुद्रणमा लागेको खर्च, भाडा र बीमा जोडी हुन आउने मूल्य)मा १५ प्रतिशत भन्सार महसुल लाग्ने तर विदेशी प्रकाशकको नाम उल्लेख भएर आएमा त्यस्तो पैठारीमा कुनै महसुल नलाग्ने व्यवस्था गरेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology