पुलबाट बस खस्दा एक जनाको मृत्यु, ४३ घाइते

NAWALPUR TIMES

पुलबाट बस खस्दा एक जनाको मृत्यु, ४३ घाइते
Bus XXJNqgVbx8

कावासोती । पूर्व–पश्चिम राजमार्गस्थित बाराको  उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्।

गएराति १२ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बस अनियन्त्रित भई पुलदेखि खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ।

घाइते मध्ये ३४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था गम्भीर छ।  बसको अगाडिको पट्दा भाचिँदा दुर्घटना भएको हो।

त्यसैगरी हिजो राति भएको अर्को एक सवारी दुर्घटनामा मोटरसाइकल चालक सर्लाही धनकौल २ बस्ने वर्ष ३७ को दिनेश साहको पनि मृत्यु भएको छ।

निजगढ–८ पूर्व–पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक चन्द्रनिगाहर बाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ४६ को किशोरी साहको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology