पुर्व पश्चिम राजमार्गमा बस पल्टिँदा २० जना घाईते

NAWALPUR TIMES

पुर्व पश्चिम राजमार्गमा बस पल्टिँदा २० जना घाईते
accident sPuNXpyuua 1

नवलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरमा शनिवार बिहान ४ बजेतिर बस पल्टिदा २० जना घाइते भएका छन।

काठमाडौंदेखि धनगढीका लागि हिडेको सुदुर पश्चिम प्रदेश ०१–००१ ख – २३– ४७ नम्बरको रात्रि बस पल्दिटा बसमा सवार २० जना घाइते भएका हुन।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना अनुसार चिप्लिएर बस अनियन्त्रित भइ बस पल्टिएको हो। बसमा सवार २० जना सामान्य घाइते भएको र उनीहरुको चन्द्रौटा स्थित संजीवनी मेडिकलमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतारामुक्त रहेको तिमिल्सिनाले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology