पुर्व पश्चिम राजमार्गमा गाडी रोकी पैसा असुल्न खोज्ने ६ जना पक्राउ

NAWALPUR TIMES

पुर्व पश्चिम राजमार्गमा गाडी रोकी पैसा असुल्न खोज्ने ६ जना पक्राउ
1605602134342

नवलपरासी । पुर्व पश्चिम राजमार्गमा गाडी रोकी पैसा असुल्न खोज्ने ६ जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पक्राउ गरेको छ । लम्जुङ देखि रुपन्देहीको खैरनी तर्फ कुखुरा लिई जादै गरेको प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई कार्तिक ३० गते राती करिव साँढे १ बजेतिर उक्त जीपलाई रोकी पैसा माग गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा बर्दघाट नगरपालिका वडा नं. ४ हाईवे चोक स्थित पुर्व(पश्चिम राजमार्गमा जीप रोकी पैसा असुल्न खोज्ने बर्दघाट नगरपालिका वडा नं. ४ बस्ने बर्ष २४ को कमल राना, २४ को मनिष कुवँर, बर्ष २३ को संजय सुनार, बर्ष २९ को सुजनमान श्रेष्ठ, बर्ष ३१को निर्मल खरेल र बर्ष ३० को सुजन तिमिल्सीनाको समुह रहेका छन् । उनीहरुले जिपलाई रोकी बिल भेटनरी देखा भनि गाडीको चावी खोस्ने, खोजीमा रहेको पैसा समेत माग गरी गाडीमा रहेका केही कुखुरामा क्षति पुरÞ्याईएको पाइएपछि नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology