कावासोती(रासस): पुर्वी नवलपरासीमा दुई जना मृत अवस्थामा फेला परेका छ्न ।
जिल्लाको बुलिङ्गटार गाउँपालिका वडा नं ६ हडाहाटार बस्ने २५ वर्षीय संजय कुमाल आफ्नै घर नजिकैको परालको टौवा मुनि फेला परेका ईलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भईरहेको निरीक्षक वन्तले बताउनु भयो ।
त्यस्तै जिल्लाकै गैंडाकोट नगरपालिका वडा नं १ मा नारायणी नदिमा नुहाउन जादा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ ।
गैंडाकोट-१ मा रहेको आदर्श टोल बस्ने टंकनाथ कंडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिनु भयो । मृतक कंडेलको शव पोस्टमार्टम पछि आफ्न्तको जिम्मा लगाईएको श्रेष्ठले बताउनु भयो ।
प्रकाशित : २०७९ कार्तिक ११ गते १०:३५
Facebook Comment