पुर्वी नवलपरासीमा आत्महत्याको डरलाग्दो तथ्यांक : एक वर्षमा १ सय २७ ले गरे आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २ गते १३:१३
पुर्वी नवलपरासीमा आत्महत्याको डरलाग्दो तथ्यांक : एक वर्षमा १ सय २७ ले गरे आत्महत्या
1592113092

कावासोती – पूर्वी नवलपरासीमा आत्महत्या गर्नेको तथ्यडरलाग्दो देखिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङक अनुसार गत ०७८/७९ जिल्लामा ४८ महिला र ७९ पुरुष गरि १ सय २७ जनाले आत्महत्या गरेका हुन ।

जिल्लामा गत आ.व ०७८/७९ मा सबै भन्दा धेरै झुन्डिएर १ सय १६ ज्ना, विष खाएर २ जना , पानीमा हाम फालेर २ जना र आत्महत्या दुरुत्साहन बाट २ जनाको ज्यान गएको जिल्लामा प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।

प्रहरीले उपलब्ध गराएको तथ्याङक अनुसार जिल्लामा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको छ । प्रहरीका अनुसार आ.व २०७६/७७ मा ९८ जना, आ.व ७७ /७८ मा १ सय १ र आ.व ०७८/७९ मा १२७ जनाले आत्महत्या गरेका हनु ।

आत्महत्या गर्नेमा १३ वर्षीय बालीका देखि ८५ वर्षीय जेष्ठ नागरिक समेत रहेको प्रवक्ता पाठकले बताउनु भयो । जिल्लामा गत आ.व मा १६ वर्ष मुनिका ५ जना, १६ देखि २५ वर्ष सम्मका २९ जना, २६ देखि ३५ वर्ष सम्मका १८ जना , ३६ देखि ४५ वर्ष सम्माका २५ जना, ४६ देखि ६० वर्ष सम्मका ३१ जना र ६० वर्ष माथीका १९ जनाले आत्म हत्या गरेका प्रवक्ता पाठकले बताउनु भयो ।

आत्म हत्या गर्नुको पछाडि पारिवारिक बेमेल, सम्बन्धको अन्त्य, गरिबी, मानसिक रुपमा निकै कम्जोर, मनोरोग, अत्याधिक मादक पदार्थ तथा लागू औषधको सेवन जस्ता कारणहरु रहेको अनुसन्धानले देखाएको प्रवक्ता पाठकले बताउनु हुन्छ ।

परिवार र समाज सम्पन्न र शिक्षित हुँदै जादा पनि आत्महत्याको दर बढनु ठुलो चिन्ताको विषय भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदी बताउनु हुन्छ । “परिवार सम्पन्न र शिक्षित त भयो तर पारिवारिक बेमेल बढयो, त्यही पारिवारिक बेमेलकै कारण मान्छे आत्महत्याको अवस्था सम्म पुग्छ” उहाँले भन्नू भयो , “आत्महत्याको दरमा कमि ल्याउन परिवार सम्पन्न र शिक्षित मात्रै होइन पारिवारिक बेमल पनि न्यूनीकरण हुन जरुरी छ ।”

समाज आधुनिकिकरण तर्फ अघिबढदै गर्दा आत्महत्याको घटना बढनु आफैमा चिन्ता जनक भएको बताउदै जिल्ला सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता बुद्धबहादुर थापाले आत्महत्या दुरुत्साहनको कानुनले आत्महत्या न्यूनीकरण गर्न नसक्ने बताउदै विद्यालय तह देखीनै सामाजिक मनोपरामर्श र सचेतना फैलाउन पर्ने बताउनु हुन्छ ।

शिक्षाको विकास हुँदै गए पनि शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमिले आत्महत्याको दर बढेको बताउदै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले विद्यालय तह देखिनै मनोपरामर्श र मनोवैज्ञानिक शिक्षा दिनु पर्ने बताउनु हुन्छ । “मान्छे शिक्षित छ तर मनोवैज्ञानिक रुपमा कम्जोर छ,आत्मबल कम्जोर छ यसले उसलाई आत्महत्या तर्फ डोर्‍याएको छ, यसका लागि विद्यालय तह देखिनै मनोपरामर्श र मनोवैज्ञानिक शिक्षा दिन जरुरी छ।”, प्रजिअ घिमिरेले बताउनु भयो ।

प्रकाशित : २०७९ असोज २ गते १३:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI