पुजारी हत्या आरोपमा पश्चिम नवलपरासीबाट भारतीय नागरिक पक्राउ

NAWALPUR TIMES

पुजारी हत्या आरोपमा पश्चिम नवलपरासीबाट  भारतीय नागरिक पक्राउ
1605348855138

नवलपरासीको सुस्ता गाउँपालिकामा गत कार्तिक ९ गते मृत फेला परेका पुजारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले नवलपरासीको प्रतापपुरबाट भारतीय नागरिक २१ वर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

यसअघि गत कात्तिक ९ गते दिउँसो ३ बजे  सुस्ता गाउँपालिका वडा नं. ४ पश्चिम टाँडीमा ७२ वर्षीय पुजारी महँगु केवट मृत अवस्थामा फेला परेका थिए। धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

मृतकको छोरीबाट अभियुक्त मौर्यकोको पहिचानका आधारमा पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ। मौर्यले मौखिक वयानबाट पुजारीको हत्या स्वीकार गरेको प्रहरीको दावी छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology