पिठौलीमा यस वर्षको एकादशी मेला नलाग्ने

NAWALPUR TIMES

पिठौलीमा यस वर्षको एकादशी मेला नलाग्ने
FB IMG 16061438849116037

कावासोती । पुर्वी नवलपरासीको कावासोती-१२ पिठौली गैरीमा हरिबोधनी एकादशीका दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ ।

जिल्ला प्रसासन कार्यालयले समेत मेला महोत्सवमा रोक लगाएको र कोरोना भाईरसको कारण अवस्था सहज नभएको तथा सिङ्गै जिल्ला संक्रमण जोखिममा रहेको भन्दै कावासोती-१२ वडा समितिको गत मङ्सिर ५ गते बसेको बैठकले मेला नलगाउने निर्णय गरेको कावासोती-१२ का वडा अध्यक्ष खेमप्रसाद काफ्ले द्वारा जारी सुचनामा जनाईएको छ ।

मेला नलागे पनि पिठौली घाटमा एकादशी स्नान गर्न आउने भक्तजनहरुलाई नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई स्नान गर्न सूचनामा आग्रह गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology