पिकनिकबाट फर्कँदै गरेको बस सिमरामा दुर्घटना, एक जनाको मृत्यु ,४० घाइते

NAWALPUR TIMES

पिकनिकबाट फर्कँदै गरेको बस सिमरामा दुर्घटना, एक जनाको मृत्यु ,४० घाइते
bus accident qrfcBs8YIS rzKbVB5oWR

कावासोती । सिमरामा शनिबार राति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। वीरगन्जको नगवाबाट पिकनिकका लागि गएको ना ७ ख ४७४९ नम्बरको बस चितवनको जलबिरेमा पिकनिक मनाएर फर्कने क्रममा सिमराको मुख्य चोकमा अनियन्त्रित भई दुर्घटना भएको हो। बस दुर्घटना हुँदा ४० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

तीब्र गतिमा रहेको बस सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा ठोक्किन पुगेको थियो। दुर्घटनामा करिब २५ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनालगत्तै उनलाई गण्डकस्थित बयोधा मेडिसिटी अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनाका ११ जना घाइतेको पहिचान र अवस्था खुलेको छ। दुर्घटनामा कलैया उपमहानगरपालिका- २० का वीरबहादुर महतो, वीरगन्ज महानगरपालिका -८ का सुरज साह, सोही ठाँउकी प्रिया गुप्ता, मनिषा साह, सेजल गुरुङ, ललन चौरसिया, राजनकुमार गुप्ता, मोहन साह, कलैया- ६ का प्रसाद गुप्ता, अविनाश गुप्ता र जीतपुरसिमरा- २ का अनिष राई रहेका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

प्रवक्ता न्यौपानेका अनुसार मोटरसाइकललाई बचाउने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनालगत्तै प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology