पालिकामै गएर मतदाता नामावली संकलन गर्ने तयारीमा आयोग

NAWALPUR TIMES

पालिकामै गएर मतदाता नामावली संकलन गर्ने तयारीमा आयोग
802278037 Nirbachan aayog 20210205120356

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि पालिकामा नै गएर मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । आयोगले ७५३ पालिकामा नै पुगेर कार्यक्रम सञ्चालन गर्नका लागि सोमबार अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

अहिले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गर्ने काम भइरहेको छ । तर, त्यहाँसम्म आउन झन्झटिलो भएको भन्ने गुनासो आएपछि पालिकास्तरमा नै जाने कार्यक्रम प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

“जिल्लामा आउन घण्टौँ लाग्ने ठाउँ छन् । १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको मतदाता नामावलीमा नाम छुट्यो, पालिका–पालिकामा नै भयो भने त्यहाँ आउन सहज हुन्छ भनेर जिल्ला निर्वाचन कार्यालय, नागरिक समाज, राजनीतिक दलहरूबाट सुझाव आएपछि त्यस्तो कार्यक्रम बनाएर बजेट स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाइएको छ,” उनले भने ।

पहाडी जिल्लाको एउटा पालिकामा १० दिन र तराईका जिल्लाका पालिकामा १५ दिन बसेर मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउने आयोगको प्रस्ताव छ । आउँदो मंसिरको दोस्रो साताबाट उक्त कार्यक्रम अघि बढ्न सक्ने उनले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology