पायल घोषविरुद्ध मानहानीको मुद्दा, १.१ करोड क्षतिपूर्तिको माग

NAWALPUR TIMES

पायल घोषविरुद्ध मानहानीको मुद्दा, १.१ करोड क्षतिपूर्तिको माग
1601983228.Payal Ghosh Indian actress single photo

एजेन्सी। यतिबेला दक्षिण भारतीय नायिका पायल घोष चर्चामा छिन्। बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध बलात्कार मुद्दा हालेपछि उनी चर्चामा आएकी हुन्।

तर, एक अर्की नायिकाले भने उनीविरुद्ध मानहानीको मुद्दा हालेकी छिन्। नायिका ऋचा चड्ढाले १.१ करोड क्षतिपूर्तिसहित मानहानीको मुद्दा हालेकी हुन्। मुम्बई उच्च अदालतमा उक्त मुद्दाको सुनुवाइ अब ७ अक्टोबर अर्थात् भोलि बुधबार हुँदै छ।

अनुरागमाथि उक्त आरोप लगाउँदा पायलले भनेकी थिइन्, “धेरै अभिनेत्रीहरू छन्, जो अनुरागसँग काम गर्न जे पनि गर्न तयार हुन्छन्।” उनले ऋचासँगै माही गिल तथा हुमा कुरैशीको समेत नाम लिएकी थिइन्।

उक्त आरोपको खण्डन गर्दै ऋचाले उनीविरुद्ध मानहानीको मुद्दा हालेकी हुन्। सन् २०१३ मा एक चलचित्रको छायांकनको क्रममा अनुरागले उनीमाथि यौनशोषण गरेको आरोप लागेको छ। तर, उनले आरोप अस्वीकार गर्दै आएका छन्। उक्त प्रकरणमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology