पाण्डेले मत माग्दै भनिन :३० गते सम्म मेरो जितका लागि खट्नुस,त्यसपछीको पाँच बर्ष खट्ने पालो मेरो

NAWALPUR TIMES

पाण्डेले मत माग्दै भनिन :३० गते सम्म मेरो जितका लागि खट्नुस,त्यसपछीको पाँच बर्ष खट्ने पालो मेरो
pandey dd

हुप्सेकोट-नेपाली काङ्ग्रेसको तर्फबाट हुप्सेकोट गाउँपालिका अध्यक्ष पदकी उम्मेद्बार लक्ष्मी देबि पाण्डेले चुनाबी अभियानलाई आक्रामक गराएकी छिन । घरदैलो सङ्गै चुनाबी सभामा आफुलाई खरो रुपमा उतार्न तल्लिन छिन पाण्डे यतिबेला ।

नेपाली काङ्ग्रेस हुप्सेकोटद्वारा बिहिबार आयोजित आम सभामा पनि पाण्डे घरी भावुक त घरी आक्रामक देखिईन । नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा समेतको उपस्थिति रहेको सभामा पाण्डेले आफुले गरेका कामको फेहरिस्त बताउदै बाँकी काम पूरा गर्न जनता सङ्ग मत मागिन । ” धेरै काम सम्पन्न भएका छन,केही आयोजना सम्पन्नताको चरणमा छन,केही काम गर्न बाँकी छ । त्यि काम पूरा गर्न रुख चिन्हमा मत दिनुहोला ।” पाण्डेले महामन्त्री शर्मालाई साची राखेर अर्को पटक स्थानिय चुनाब नलड्ने घोषणा गर्दै बैशाख ३० गते सम्म आफुलाई जिताउने गरि खट्नका लागि कार्यकर्तालाई अपिल गरिन । ” निर्वाचनका दिन सम्म तपाईहरु खट्नुस,त्यसपछिको पाँच बर्ष हुप्सेकोट गाउँबासिको चौतर्फि हितका लागि म खट्नेछु ।”

सभामा बोल्दै नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले काङ्ग्रेसको नेतृत्वमा हुप्सेकोटमा भएका कामको प्रशंसा गर्दै काङ्ग्रेसका उम्मेद्बार जिताउन मत मागेका थिए ।

लक्ष्मी देबि पाण्डेको नेतृत्वमा हुप्सेकोटमा लागू भएको सुत्केरी पोषण भत्ताको कार्यक्रमलाई नेपाली काङ्ग्रेसको केन्द्रिय घोषणा पत्रमा समाबेश गरिएको छ । पाण्डे निर्वाचित भए पछि गाउँपालिकाले सुत्केरीलाई पौष्टिक आहारको ब्यवस्थाका लागि पाँच हजार दिने गरेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology