पाकिस्तानी सैनिकको आक्रमणबाट तीन भारतीय सैनिकको मृत्यु

NAWALPUR TIMES

पाकिस्तानी सैनिकको आक्रमणबाट तीन भारतीय सैनिकको मृत्यु
1577888553kasmir

पाकिस्तानी सैनिकको आक्रमणबाट भारत प्रशासित कास्मिरमा कम्तीमा तीन भारतीय सैनिकको मृतप भएको छ।

भारतीय सेनाका प्रवक्ता प्रमुख सेनानी देवेन्दर आनन्दका अनुसार शुक्रबार राजऔरीमा दुई भारतीय सैनिक मारिएका हुन्।

समाचार पत्र द हिन्दुका अनुसार मृत्यु हुनेमा नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुकविर सिंह छन्।

आनन्दका अनुसार सन् २००३मा आणविक हातहतियार भएका दुई राष्ट्रबीच भएको युद्धविरामको पाकिस्तानले उल्लंघन गर्दै आक्रमण गरेको आरोप लगाएका छन्।

बिहीबार पनि पुन्च जिल्लामा एक भारतीय सैनिक मारिएको उनले बताए। बिहीबार ज्यान गुमाउने सैनिक सुवेदार स्वतन्त्र सिंह हुन्।

पाकिस्तानी सैनिकले आक्रमण गरेपछि भारतीय सैनिकले पनि जवाफी आक्रमण गरेको उनले बताए।

यसबारेमा पाकिस्तानले कुनै पनि प्रतिक्रिया जनाएको छैन।

पछिल्लो समय दुबै राष्ट्रले कास्मिर क्षेत्र आफ्नो दाबी गर्दै आएका छन्।

गत नोभेम्बर १३मा लाइन अफ कन्ट्रोलमा भारतीय र पाकिस्तानी सैनिकबिच गोलीबारी हुँदा नौं जना नागरिक र ६ सैनिक मारिएका थिए।- फाईल फोटो

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology