पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

NAWALPUR TIMES

सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
यसैबीच निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जान लागेका छन्। ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री, उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित नेताहरू आयोग जान लागेको जानकारी दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology