पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

NAWALPUR TIMES

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
muglin narayanghat sadak road 20190921071134

काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छc सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५:४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै बिहान ११:०० बजेदेखि सवारी आवागमन शुरु भएको उहाँले जानकारी दिए।

भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम सुरु भएको छ। सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो। पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ। मङ्गलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology