पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा

NAWALPUR TIMES

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा
1688292178349

कावासोती । पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा आएको छ। गएराति ११ बजे खसेको पहिरो आइतबार साँझ ६ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजय पण्डितले बताए।

चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो। इच्छाकामना गाउँपालिका-६ स्थित तुइन खोलाको पुलमा पहिरो खसेको थियो। बिहीबारदेखि उक्त स्थानमा पटक पटक पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ।

पहिरोका कारण यात्रुले सास्ती पाएका थिए। बाटो खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेका छन्। लामो समय जाम भएको कारण सवारी पास हुन समय लाग्ने बताइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology