पहिराेले बेपत्ता भएका पाँचैजनाको शव भेटियो

NAWALPUR TIMES

पहिराेले बेपत्ता भएका पाँचैजनाको शव भेटियो
1600918791.palpa pahiro

पाल्पा। रम्भा गाउँपालिका-२, बेलौजामा बिहीबार बिहान पहिराेले घर पुरिँदा बेपत्ता भएका पाँचजनाको शव भेटिएको छ।

 

गएराति थप दुईजनाको शव भेटिएको हो। शुक्रबार दिउँसो तीनजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए।

 

घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको उनले बताए।

 

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए।

 

वर्षाका कारण बिहीबार खोजी कार्य हुन सकेको थिएन।

 

शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजी कार्य भएपछि शव भेटिएको हो। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology