पहिराले सिद्धार्थ राजमार्ग अवरुद्ध

NAWALPUR TIMES

पहिराले सिद्धार्थ राजमार्ग अवरुद्ध
pahiro 2 1595146222

वालिङ : अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ गौतमडाँडास्थित सडकभन्दा माथिबाट आएको पहिराका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्ड आज दिउँसो सवा दुई बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउनका लागि सडक विभाग र पुतलीबजार नगरपालिकाकासँग समन्वय भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । सडक अवरुद्ध भएसँगै स्याङ्जादेखि पोखरा तथा पोखरादेखि स्याङ्जातर्फ आउने सवारी साधन बाटोमै रोकिएका छन् । (रासस)

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology