पहाडी भेगमा हल्का वर्षा हुने

NAWALPUR TIMES

पहाडी भेगमा हल्का वर्षा हुने
mausam 1c3a5

काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदलीसहित केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भएको छ।

बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा पनि आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology