पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २४ गते ७:१८
पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
mausam 1c3a5

काठमाडौं । जल तथा मौसा विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका कही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको मौसमी प्रणालीमा पश्चिमी, पूर्वी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित : २०७८ जेठ २४ गते ७:१८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI