पहाडी भू–भागमा चट्याङ्सहित वर्षाको सम्भावना

NAWALPUR TIMES

पहाडी भू–भागमा चट्याङ्सहित वर्षाको सम्भावना
mausam fsabdRoyQv

नवलपुर । देशका पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology