पहाडी भू–भागमा आंशिक बदली

NAWALPUR TIMES

पहाडी भू–भागमा आंशिक बदली
mausam 1c3a5

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज दिउँसो दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आजराति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology