पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २१ गते ७:५७
पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने
mausam 1c3a5

काठमाडौं । हाल देशमा भारतको बिहार आसपास रहेको न्यूनचापीय रेखाको सामान्य प्रभाव छ ।

अहिले प्रदेश नम्बर-१ मा आंशिकदेखि सामान्य बदली छ । देशका अरू भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७८ चैत २१ गते ७:५७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI