पश्चिम नवलपरासीमा नेकपा परित्याग गरि ४ सय ५० जना नेपाली काङ्ग्रेस प्रवेश

NAWALPUR TIMES

पश्चिम नवलपरासीमा नेकपा परित्याग गरि ४ सय ५० जना नेपाली काङ्ग्रेस प्रवेश
1609412579 4NwIk

परासी  – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा विभाजित भएपछि कार्यकर्ताहरू विद्रोह गर्दै कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको ‘४५ औं राष्ट्रियता एकता तथा मेलमिलाप दिवस’लाई भव्यताका साथ मनाउँदै नेकपा नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख आथित्य एवं जिल्ला सभापति विष्णु पौडेलको सभापतित्वमा भएको सभामा नेकपा नवलपरासीका प्रभावशाली नेता तथा जिल्ला सदस्य दिपेन्द्र यादवसहित अन्य राजनीतिक दलबाट समेत गरी ४५० जना स्थानीय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेता कार्यकर्तालाई प्रमुख अथिति कंडेल र सभापति पौडेलले फूलमाला लगाएर स्वागत गर्दै कांग्रेसको सदस्यता प्रदान गरेका छन् । पछिल्लो समय नेकपाप्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology