पश्चिमी वायुकाे प्रभावले उच्च पहाडी भूभागमा हिमपातकाे सम्भावना

NAWALPUR TIMES

काठमाडाैं : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

वायुकाे प्रणालीको प्रभावले शुक्रबार बिहानसम्म देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढेको छ । राति प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदलीको सम्भावना रहेको बताइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology